दफा
वस्तुको अस्थायी निकासी गरी फिर्ता ल्याउने प्रक्रिया
(१) ऐनको दफा २६ को उपदफा /(१) बमोजिम कुनै वस्तुको कच्चापदार्थ प्रशोधन गर्न वा सौबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्न वा कुनै बस्तु मर्मत गर्न वा अन्य कुनै उद्देश्यको लागि नेपालबाट बिदेशी मुलुकमा कुनै वस्तु अस्थायी निकासी गर्नु परेमा वस्तु धनीले निकासीको प्रयोजन सहित प्रज्ञापनपत्रमा विवरण खुलाई भन्सार कार्यालयमा पेस गर्नु पर्नछ।

(२) उपनियम /(१) बमोजिम निकासीकर्ताले अस्थायी निकासी हुने वस्तुमा लाग्ने महसुल बापतको रकम नगद धरौटी वा बैङ्क जमानत दाखिल गर्नु पर्नेछ।

(३) हाटबजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण गर्न अस्थायी: निकासी गरिएको वस्तु हाटबजारको हकमा भोलिपल्ट र मेला वा प्रदर्शनीको हकमा त्यस्तो मेला वा प्रदर्शनी समाप्त भएको मितिले बाटाको म्याद बाहेक तिस दिनभित्र फिर्ता ल्याउनु पर्नेछ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको सार्वजनिक संस्था वा कूटनीतिक नियोगको सिफारिसमा यस नियम बमोजिम वस्तु अस्थायी निकासी गर्दा भन्सार अधिकृतले अभिलेख मात्र राखी निकासी गर्न दिन सक्नेछ।

(५) उपनियम (३) वा (४) बमोजिम अस्थायी निकासी भएको वस्तु विदेशमा खपत भई त्यस्तो:खपत-भएको वस्तुमा महसुल लाग्ने भएमा लाग्ने महसुल सम्बन्धित निकासीकर्ताबाट असुल गरिनेछ ।

(६) यस नियम बमोजिम अस्थायी निकासी भएको वस्तु जुन भन्सार कार्यालयबाट निकासी भएको हो सोही भन्सार कार्यालयबाट फिर्ता ल्याउनु पर्नेछ।

(७) उपनियम (६) बमोजिम एउटै भन्सार कार्यालयबाट फिर्ता ल्याउन नसकिने अवस्था भएमा सम्बन्धित व्यक्तिले कारण खोली विभागमा निवेदन दिन सक्नेछ। त्यस्तो निवेदनमा उल्लेख भएको कारण मनासिब देखिएमा यस नियमको प्रयोजनको लागि विभागले कुनै अर्को भन्सार कार्यालयबाट समेत त्यस्तो वस्तु फिर्ता ल्याउन अनुमति दिन सक्नेछ।

(८) कुनै वस्तु अस्थायी निकासी हुँदा सो वस्तुको उपयोग र परिवहनको लागि त्यस्तो वस्तुसँगै आपूर्ति हुने,बारम्बार प्रयोगमा आउने र वस्तुको प्रयोग गर्दासम्म खाली गर्न नसकिने किसिमको आधानपात्र (कन्टेनर) निकासी गर्दा लाग्ने/महसुल बापत सो रकम बराबरको बैङ्क जमानत लिई प्रज्ञापनपत्रमा फिर्ता हुने अवधि तोकी भन्सार अधिकृतले महसुल नलिई निकासी गर्न अनुमति दिन सक्नेछ।

तर त्यस्तो आधानपात्रभित्र रहेको वस्तु उपभोग गर्ने व्यक्तिले सो आधानपात्रबाट अन्य आधानपात्रमा खन्याई उपभोग गर्न सकिने रहेछ भने त्यस्तो वस्तुको आधानपात्रमा यस नियम बमोजिमको सुविधा प्रदान गरिने छैन।

(९) उपनियम (८) बमोजिम बैङ्क जमानत राखी अस्थायी निकासी भएको आधानपात्र प्रज्ञापनपत्रमा तोकेको अवधिभित्र फिर्ता नभएमा महसुल लाग्ने भएमा बैङ्क जमानतबाट असुल गरिनेछ ।

(१०) कुनै उद्योगले स्वप्रयोजनको लागि उपनियम(८) बमोजिमको खाली आधानपात्रमा: वस्तु राखी ल्याउनको लागि त्यस्तो आधानपात्र अस्थायी निकासी गर्न चाहेमा सोही व्यहोरा खुलाई भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।

(११) उपनियम (१०)- बमोजिम निवेदन प्राप्त हुन आएमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो खाली आधानपात्रको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो रकम बराबरको कम्तीमा छ महिना म्याद भएको बैङ्क जमानत लिई तीन मंहिनासम्मको अवधि दिई सो अवधिभित्र त्यस्तो आधानपात्रमा वस्तु राखी पुनः पैठारी गर्ने शर्तमा सो आधानपात्र अस्थायी निकासी गर्न अनुमति दिनु पर्नेछ।

(१२) उपनियम (११) बमोजिमको अवधिभित्र कुनै कारणले त्यस्तो आधानपात्र पुनः पैठारी गर्न नसकेको कारण सहित सम्बन्धित उद्योगले अवधि थपको लागि निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले बढीमा एक महिनाको अवधि थप गरिदिन सक्नेछ।

(१३) उपनियम (११) वा (१२) बमोजिमको अवधिभित्र सम्बन्धित उद्योगले त्यस्तो आधानपात्रमा वस्तु राखी पुनः पैठारी गरेमा भन्सार अधिकृतले सो वस्तुमा लाग्ने महसुल असुल गरी उपनियम (११) बमोजिम त्यस्तो “उद्योगले नगद धरौटी राखेको भए सो धरौटी फिर्ता दिनेछ्ख र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो जमानत फुकुवा गर्नेछ।

(१४) उपनियम (११) वा (१२) बमोजिमको अवधिभित्र सम्बन्धित उच्योगले त्यस्तो आधानपात्र पुनः पैठारी गरी नल्याएमा वा अवधि नाघेपछि पुनः पैठारी गरी ल्याएमा भन्सार अधिकृतले त्यस्तो उद्योगले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित: बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ। त्यसरी अवधि नाघेपछि पुनः पैठारी गरी ल्याएमा आधानपात्रमा ल्याएको वस्तुमा लाग्ने महसुल लिई जाँचपास गर्नु-पर्नछ।

(१५) विदेशमा- कार्य गर्ने गरी ठेक्का प्राप्त गरेको नेपाली व्यक्तिले त्यस्तो कार्यको लागि आवश्यक पर्ने सवारी वा ढुवानीको साधन, यन्त्र उपकरण तथा तिनका पार्टपुर्जा लैजान चाहेमा: त्यसरी लैजान चाहने व्यक्तिले आवश्यक प्रमाण सहित भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिनु पर्नेछ।

(१६) उपनियम (१५) बमोजिमको निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँच गर्दा मनासिब_ देखेमा निवेदकको माग बमोजिम महसुल नलिई अस्थायी निकासी गर्ने अनुमति दिन सक्नेछ। त्यसरी निकासी भएको वस्तु कार्य सम्पन्न भएपछि फिर्ता ल्याउँदा महसुल लाग्ने छैन।

(१७) नेपालमा उत्पादित वस्तु गुणस्तर परीक्षण गराउन अस्थायी निकासी गर्नु परेमा त्यस्तो वस्तुको मूल्यको पाँच प्रतिशत नगद धरौटी लिई भन्सार कार्यालयको प्रमुखले निकासी गर्न अनुमति दिन सक्नेछ।

(१८) उपनियम (१७) बमोजिम परीक्षणको लागि अस्थायी निकासी गरेको वस्तु तीन महिनाभित्र फिर्ता ल्याएमा परीक्षण खर्चमा लागेको रकममा लाग्ने महसुल लिई त्यस्तो वस्तु निकासी गर्दा राखेको धरौटी रकम फिर्ता दिइनेछ।

(१९) उपनियम (१८) बमोजिम परीक्षणको लागि अस्थायी निकासी गरिएको _ वस्तु. तीन महिनापछि फिर्ता ल्याएमा नयाँ वस्तु पैठारी गरे सरह महसुल लाग्नेछ ।